म्यान्चेस्टर सिटी लेस्टर सिटी र एभर्टन एफए कप को क्वाटरफाइनलमा

एफए कप अन्तर्गत गए राती सम्पन्न आ आफ्नो खेल जित्दै म्यान्चेस्टर सिटी लेस्टर सिटी र एभर्टन एफए कप को क्वाटरफाइनल मा प्रवेश गरेका छ्न । म्यान्चेस्टर सिटी ले स्वान्से सिटी लाई उसकै घर मा ३-१ ले हरायो । सिटी को जितमा वाल्कर ,स्ट्रलिङ र जेसस ले १/१ गोल गरे । यस्तै अर्को निकै सनसनी पुर्ण रोमाञ्चक खेल मा एभर्टन ले टोटेनह्याम लाई ५-४ गोल अन्तर ले हरायो । ९ गोल भएको उक्त खेल ९० मिनेटमा ४-४ को बराबरी भएपछि अतिरिक्त समय मा गएको थियो । अतिरिक्त समय को ९७ औं मिनेटमा ब्राजिलियन खेलाडी बनार्ड ले गोल गर्दै घरेलुु टोलि एभर्टन लाई ५-४ को रोमाञ्चक जित दिलाए । यो जित संगै एभर्टन पाँच बर्षपछि एफए कप को क्वाटरफाइनल मा प्रवेश गरेको छ । यस्तै हिजो राती नै भएको अर्को खेल मा लेस्टर सिटी ले ब्राइटन लाई १-० ले हराउँदै क्वाटरफाइनल को यात्रा तय गर्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments