दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा
युएईमा जारि आईपीएल २०२० अन्तर्गत मुम्बई इन्डीएन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै लिग अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। शेख जायद स्टेडियम अबुधाबीमा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले २ बल बाँकी छदै पुरा गर्यो।

टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सिजनमा धवनको यो पहिलो तथा आईपीएल करियरमा ३८ औं अर्धशतक हो। कप्तान श्रेयस ऐयरले ३३ बलमा ५ चौका मद्दतले ३२ रन बनाए। सिजनमा पहिलो पटक मौका पाएका अजिंक्ये रहानेले १५ रन मात्र बनाउन सके। एलेक्स केरीले अविजित १४ रन बनाए।

दिल्लीको सुरुवात राम्रो रहन सकेन। ४ रन बनाएका पृथ्वी शलाई पहिलो ओभरमा ट्रेन्ट बोल्टले क्याच आउट गराए। पाँचौ ओभरमा अजिंके रहाने १५ रन बनाएर क्रुनाल पान्ड्याबाट एलबिडब्लु आउट भए। पाँचौ विकेटको लागि धवन र एलेक्स केरीले २१ बलमा अविजित ३२ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा दिल्लीले १ विकेट गुमाएर ५१ रन बनायो।

मुम्बईको लागि ओपनर क्विन्टन डीकक र तेश्रो नम्बरका सुर्यकुमार यादबले समान ५३ रन बनाए। डीककले ३६ बलमा ४ चौका र ३ छक्का तथा यादवले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। इशान किशनले १५ बलमा २ चौका र २ छक्का मद्दतले २८ रन बनाए। क्रुनाल पान्ड्या र काइरन पोलार्डले अविजित क्रमशः १२ र ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्मा १२ बलमा ५ रन बनाएर पाँचौ ओभरमा अक्षर पटेलबाट क्याच आउट भए। क्विन्टन डीककले आक्रामक ब्याटिंग जारि राखे र दोश्रो विकेटको लागि सुर्यकुमार यादवसंग ४६ रनको साझेदारी गरे। दशौँ ओभरमा डीककलाई रभीचन्द्रन आश्विनले क्याच आउट गराए। उक्त बलअघि आश्विन आफैले यादबको क्याच छुटाउन पुगे जसले टिमलाई ठूलो घाटा पुर्यायो।

अन्तिम २ ओभरमा ९ रन आवस्यक रहेको बेला १९ औं ओभरमा नोर्कियाले मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा जित्न मुम्बईलाई ७ रन आवस्यक रह्यो। अन्तिम ओभरमा बलिंग गर्न मार्कस स्टोइनिस आए जसको पहिलो बलमा क्रुनाल पान्ड्याले चौका हिर्काए। त्यसपछिको बलमा उनले १ रन लिए। तेश्रो बलमा पोलार्डले पनि १ रन लिए। जसपछि चौथो बलमा पान्ड्याले चौका प्रहार गर्दै टिमलाई रोमान्चक जित दिलाए।
