इटालियन फुटबल लेजेण्ड पाउलो रोसीको निधन

इटलीका फुटबल लेजेण्ड पाउलो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको छ । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । 

इटालियन टिभी च्यानल राई स्पोर्टस्ले बिहीबार बिहानै रोस्सीको निधनको समाचार सार्वजनिक गरेको हो । यस टेलिभिजनमा उनी विज्ञका रुपमा काम गर्दै आएका थिए । टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन्।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन्। यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन।

१९८२ को विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए । त्यसपछि सेमिफाइनलमा पोल्यान्डविरुद्ध इटली २–० ले विजयी हुँदा दुुबै गोल उनको नाममा थियो । फाइनलमा पश्चिम जर्मनीलाई इटलीले ३–१ ले हराउँदा उनले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले विश्वकपमा गोल्डेन बुट तथा १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड जिते । 

युुभेन्टस् र एसी मिलानबाट व्यवसाहिक फुटबल खेलेका रोस्सीले दुुईपटक सिरिए उपाधि र युरोपेली कप पनि जितेका थिए । उनले आफ्नो करियरमा इटलीका लागि ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले, जसमा कुल २० गोल गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments