पिएसजीको लगातार दोश्रो हार,खेलमा कार्डको वर्षात

फ्रेन्च लिगमा साबिक बिजेता पिएसजिले लगातर दोश्रो हार बेहोरेको छ । आज राती सम्पन्न खेलमा पिएसजि मार्सेलसँग एक शुन्य गोल अन्तर ले पराजित भएको हो । निकै तनाव पुर्ण खेलमा खेलको ३१ औ मिनेटमा थाउबिनले गरेको गोल नै निर्णायक साबित भयो ।

दिमित्री पायटको पासमा उनले गोल गरेका हुन। साबिक बिजेता पिएसजिले पहिलो खेल पनि एक सुन्य ले नै हारेको थियो । खेलको अन्त्य निकै तनाव पुर्ण भयो । ९० मिनेट पछी खेल मा दुबै क्लब का खेलाडी एक अर्का बिरुद्द जाइ लाग्न थालेपछी रेफ्री लाई अवस्था समाल्न हम्मे हम्मे पर्‍यो । यसको लागी उनले ५ वटा रातो कार्ड को प्रयोग गर्नु पर्‍यो । त्यस्तै खेल अबधी भरि १२ वटा पहेलो देखाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments