नेदरल्यान्डस् द्वारा नेपाल लाई १३७ रनको लक्ष्य प्रस्तुत

ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल मा नेदरल्यान्ड ले नेपाल लाइ १३७ रनको लक्ष्य दिएको छ । टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर नेपाल ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको डच टिम ले २० ओभरमा ४ विकेट गुमाउदै १३६ रन बनायो । नेदरल्यान्ड को लागि बास डी लीड ले सर्बाधिक ४१ रन बनाए यस्तै स्कट इड्वर्ड्स ले ३० रनको योगदान दिए । बलिङ तर्फ नेपाल का सन्दीप लामिछाने २ तथा सोमपाल कामी र साहाब आलम ले १/१ विकेट हात पारे । अब रनको लक्ष्य लिएर नेपाल ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments