आईपीएलको खेलतालिका सार्वजनिक

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १३ औं सिजनको आईपीएलको खेल तालिका सार्वजनिक गरेको छ। आईपीएल २०२० सेप्टेम्बर १९ देखि युएईको अबुधाबीमा सुरु हुनेछ।

तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। खेल अबुधाबीमा खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।

मुम्बई र चेन्नाई आईपीएल इतिहासकै सर्वाधिक सफल टिम हो। मुम्बईले गत सिजन सहित ४ पटक उपाधि जित्दा चेन्नाईले ३ पटक उपाधि जित्न सफल रहेको छ। मुम्बईले गत सिजन चेन्नाईलाई फाइनलमा १ रनले पराजित गर्दै उपाधि जितेको थियो। आईपीएल इतिहासमा मुम्बईले चेन्नाईलाई १७ खेलमा तथा चेन्नाईले मुम्बईलाई ११ खेलमा पराजित गर्न सकेको छ।

लिग अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल दोश्रो दिन सेप्टेम्बर २० तारिखमा किंग्स-११ पन्जाबसंग खेल्नेछ। यस्तै सेप्टेम्बर २१ मा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादसंग खेल्नेछ।

लिगमा एक मात्र खेल हुने दिन खेल ७:४५ बजे नेपाली समयमा सुरु हुनेछ। दुइ वटा खेल भएको दिन पहिलो खेल ३:४५ बजे दिउसो सुरु हुनेछ। लिगको खेलहरु दुबई, अबुधाबी र शारजाहमा खेलिनेछ। २४ खेल दुबईमा, २० खेल अबुधाबीमा तथा १२ खेल शारजाहमा खेलिनेछ। प्लेअफ खेलहरु कहाँ हुने भने अहिले घोषणा गरिएको छैन।

लिग अन्तर्गत १० दिन दुइ वटा खेलहरु खेलिनेछ। कोभिड-१९ का कारण प्रतियोगितामा दर्शकहरुलाई मैदान प्रवेश गर्न दिईने छैन।

आईपीएलमा ८ टिमहरु सहभागी रहेका छन् जसमा मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स, किंग्स-११ पन्जाब, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments