एपिएफ द्वारा नेपाल पुलिस लाई २०४ रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफ क्लब ले नेपाल पुलिस क्लब लाई २०४ रनको लक्ष्य दिएको छ

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक विजेता नेपाल पुलिसले टस जितेर पहिले फिल्डिङको निर्णय गरेपछि ब्याटिङ मा आएको एफिएफ ले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाउन सक्यो ।
एपिएफ को लागि शंकर राना ले सर्बाधिक ४४ रनको योगदान दिए। यस्तै भुवन कार्की ले ४२ रन बनाउदा सन्दिप जोरा ले ३३ रन बनाए । ४२ रन मा ४ विकेट गुमाएर संकट मा परेको एपि एफ लाई शंकर राना र सन्दिप जोरा ले इनिङ सम्हालेका थिए ।

बलिङ तर्फ नेपाल पुलिस का आरिफ शेख ले सर्बाधिक ३ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरी र ललित राज वंशि ले समान २/२ विकेट लिए । अब २०४ रन को लक्ष्य सहित नेपाल पुलिसले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments