बंगलादेश विरुद्ध नेपाल पराजित

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको छ ।ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशबाट मोहमद नाबिब र मबुबुर रहमानले एक–एक गोल गरे । मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे ।

गत वर्ष नोभेम्बरमा कुवेतसँग पराजित भएको सिनियर राष्ट्रिय टोलीले त्यसयता खेलेको यो पहिलो खेल हो । कोरोना भाइरस महामारीका कारण गत चैतमा लकडाउन भएयता नेपालमा फुटबल गतिविधि ठप्प थियो ।

अब दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले २ मंसिरमा फेरि बंगलादेशको सामना गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments