लिग लिडर लिभरपुल बराबरी मा रोकियो

इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुल आइतबार वेस्ट ब्रुमसँग १–१ को बराबरीमा रोकिएको छ । आफ्नो घरेलु मैदान एनफिल्ड मा पाएको यो नतिजापछि योर्गन क्लोपको टिमले लिग तालिकामा पाँच अंकको अग्रता लिने सुनौलो मौका पनि गुमाएको छखेल को १२ औ मिनेटमा साडियो मानेको गोल मार्फत लिभरपुल ले अग्रता बनाएको थियो ।

तर वेस्ट ब्रुमका लागि सेमी अजयीले हेडबाट खेल सकिने ८ मिनेट बाकी हुदा बराबरी गोल फर्काए ।यो नतिजापछि शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको एभरटनसँग तीन अंकले मात्र अगाडि छ । यस्तै आइतबारको अर्को खेलमा लिड्स युनाईटेड ले बर्नली लाई १-० गोल अन्तर ले हरायो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments