CPLT20 : जमैका सेमीफाइनलमा, बार्बेडोस बाहिरियो

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत शुक्रबार बिहान सम्पन्न लिगको २६ औं खेलमा गायना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गरेको छ। ट्रिनिडाड स्थित ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बार्बेडोसले दिएको ९० रनको लक्ष्य गायनाले १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।बार्बेडोसको बलिंगमा कप्तान जेसन होल्डरले २ तथा मिचेल स्यान्टनर र रेमन रिफरले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा बार्बेडोसले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन बनाएको थियो। गायनाको लागि इमरान ताहिर ( ४-०-१२-३ ) र रोमारियो शेफर्ड ( ४-१-२२-३ ) ले ३/३ विकेट तथा क्रिस ग्रिन र केभिन सिन्क्लेयरले १/१ विकेट लिए। कमजोर ब्याटिंग गरेको बार्बेडोसको लागि मिचेल स्यान्टनर र निम योंगले सर्वाधिक समान १८ रन योगदान दिए।

बार्बेडोस सेमीफाइनल रेसबाट बाहिर, जमैका सेमीफाइनलमा 

डिफेन्डिङ च्याम्पियन बार्बेडोस लिगको सेमीफाइनल रेसबाट बाहिरिएसंगै जमैका तलावाज २ खेल बाँकी रहँदै सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ। बार्बेडोससंगै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स पनि सेमीफाइनल पुग्न असफल भएको छ। बार्बेडोसले ९ खेल खेल्दा २ जित र ७ हार पछि ४ अंक मात्र रहेको छ। जमैकाको २ खेल बाँकी रहंदा ७ अंक भएकोले अब बार्बेडोसले आगामी खेल जिते पनि जमैकालाई जित्न असम्भव भएको हो। गय राति जमैका र सेन्ट किट्स बीचको खेल वर्षाले नतिजाविहिन भएपछि दुवै टिमले १/१ अंक बाँडेका थिए। 

TAROUBA, TRINIDAD AND TOBAGO – AUGUST 22: Sandeep Lamichhane (2R) and Glenn Phillips (2L) of Jamaica Tallawahs celebrate the dismissal of Sherfane Rutherford (L) of Guyana Amazon Warriors during the Hero Caribbean Premier League match 8 between Guyana Amazon Warriors and Jamaica Tallawahs at Brian Lara Cricket Academy on August 22, 2020 in Tarouba, Trinidad And Tobago. (Photo by Randy Brooks – CPL T20/CPL T20 via Getty Images)
0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments