नेपाल पुलिस द्वारा लुम्बिनी प्रदेश ७५ रन ले पराजित
राजधानी मा जारी प्रधानमन्त्री कप राष्ट्रीय क्रिकेट मा नेपाल पुलिस ले लुम्बिनी प्रदेश लाई ७५ रन ले पराजित गरेको छ । किर्तिपुर स्थित टि यु क्रिकेट मैदानमा ३११ रन को विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनी ले पूरा पचास ओभर खेल्दै ७ विकेट गुमाएर २३६ रन मात्र बनाउन सक्यो ।

लुम्बिनी को लागि सौरभ खनाल ले सर्बाधिक ६० बल मा ७४ रन बनाए । यस्तै देब खनाल ले ४८ रन तथा सन्दिप रजाली र कृष्ण कार्की ले समान ४० रन बनाए पनि त्यो जितको लागि पर्याप्त भएन । त्यो बाहेक अन्य ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । लुम्बिनी लाई सस्तै मा समेट्न पुलिस का राशिद खान र पवन सराफ ले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस ले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन को विशाल स्कोर खडा गरेको थियो । पुलिस को लागि ओपनर सुनिल धमला ले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले १४५ बल मा ६ चौका र १ छक्का को मद्दत ले १०४ रन बनाउन सफल भए । यस्तै दिपेन्द्र सिंह ऐरी ले ६१ बल मा १ चौका र ६ छक्का को सहयोगमा ८५ रन को धुवाधार पारी खेले भने अन्तिममा पवन सराफ ले आएर १३ बल मा ५० रन को तुफानी पारी खेलेका थिए ।