अस्ट्रेलिया र इङ्ल्यान्ड बिच को तेस्रो एक दिवसिय क्रिकेट आज

अष्ट्रेलिया र ईङ्ल्याड बिच को तेस्रो तथा निर्णायक एकदिबसीय क्रिकेट आज हुँदै छ ।घरेलु टोलि इङ्ल्यान्ड को ओल्ड ट्राफोर्ड मा हुने खेल नेपाली समय अनुसार साझ पौने छ बजे बाट सुरु हुनेछ ।

आजको खेल जसले जित्छ उसैले यो सिरिज कब्जा गर्ने छ ।यस अघि भएको पहिलो एक दिबसीय मा पाहुना टोलि अष्ट्रेलिया १९ रन लले बिजयी भएको थियोे भने दोश्रो एक दिबसीय मा घरेलु टोली २५ रनले बिजयी भएको थियो ।

अभ्यासको क्रममा घाटीमा बलले लागेर घाइते भएका अष्ट्रेलियाका स्टिभ स्मिथ आज मैदान फर्किने सम्भावना रहेकोे छ ।
तीन टि ट्वान्टी र तीन एक दिवसीय क्रीकेट खेल्न अष्ट्रेलियाको टोलि इङ्ल्यान्ड भ्रमण मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments