लाम्पार्ड बर्खास्ती मा पर्न मेरो कुनै हात छैन – रुडिगर

जर्मनी तथा चेल्सी का सेन्टर ब्याक एन्टोनियो रुडिगर ले आफ्ना पुर्ब मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड लाई चेल्सी ले बर्खास्त गर्नु मा आफ्नो कुनै हात नभएको बताएका छ्न । अमेरिकी पत्रीका दि एथलेटिक्स संग कुरा गर्दै २७ बर्षिय डिफेन्डर ले यस्तो बताएका हुन । अन्तरबार्ता को क्रम मा उनले भने जसरी सामाजिक संजाल मा मेरो बारेमा हल्ला हरु आए ती सबै निराधार छ्न त्यसमा कुनै सत्यता छैन , लाम्पार्ड को भबिष्य को बारेमा चेल्सी बोर्ड संग मेरो कुनै कुरा भएको छैन र गर्न सम्भब पनि छैन , ” हामी क्लब का लागि खेल्ने खेलाडी हो , ब्याबस्थापन मा के के कुरा भै राखेको छ त्यस बारेमा हामीलाई थाहा हुने कुरा भएन ” । एक फरक प्रसङ्ग मा उनले आफ्नो र चेल्सी का कप्तान सिजर एज्पिलेक्यीटा को झगडा भएको भन्ने खबर मा पनि कुनै सत्यता नभएको जिकिर गरेका छ्न । उनले भने ” हाम्रो टिम मा कुनै समस्या छैन , यो सबै बाहिर आएको हल्ला चेल्सी को खेलाडी हरुको एकता बिगार्न को लागि नियोजित रूपमा फैलाइएको हल्ला मात्र हो ” ।
चेल्सी ले आफ्ना मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड लाई बर्खास्त गरेपछी त्यसमा केही खेलाडी हरुको हात रहेको भन्ने खबर हरु बाहिर आएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments