एपिएफ द्वारा प्रदेश न १ लाई २४४ रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट प्रतियोगिता मा बिभागिय टोलि एपिएफ ले प्रदेश न १ लाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रीकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफ ले ४८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २४३ रन बनाउन सक्यो। उसको लागि ओपनर आशिफ शेख ले सर्बाधिक ५९ रन को पारी खेले ।

३२ बल को सामना गरेका उनले ५ छक्का र ६ चौका को मद्दतले ५९ रन को धुवाधार पारी खेलेका हुन , यस्तै वसन्त रेग्मी ले ४०, सन्दीप जोरा ले ३० रन बनाउदा सुबाश खकुरेल ले १९ रन बनाए । बलिङ तर्फ प्रदेश न १ का फिर्दोश अन्सारी , दिपेश कंडेल र हेमन्त राई ले समान २/२ विकेट हात पारे । अब प्रदेश न १ ले २४४ रन को बिजयी लक्ष्य लिएर केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments