पुलिस द्वारा एपीएफलाई २५९ रनको लक्ष्य दिपेन्द्र को शतक

मेयर कप राष्ट्रिय क्रिकेट मा नेपाल पुलिस ले एपीएफ लाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिस ले ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनायो । पुलिस को लागि दिपेन्द्र सिंह ऐरी ले सानदार ब्याटिङ गर्दै रनको पारी खेले । १३१ बलको सामना गरेका उनले ८ चौका र ६ छक्का सहित १४१ रन बनाए । यस्तै पवन सराफ ले ३५ रन र सुनिल धमला ले ३१ रनको योगदान दिए । अब २५९ रनको लक्ष्य लिएर एपीएफ ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments