इङ्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

इङ्लिस प्रिमियर लिगको म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा म्याटी क्याशको गोलबाट एस्टन भिल्लाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औं मिनेटमा फिलिपे कोटिन्होले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–० पुर्‍याए ।

तर दोस्रो गोल खाएको सात मिनेटपछि सिटीका इल्काए गुन्डुवानले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–१ मा झारे । त्यस्तै, त्यसको दुई मिनेटपछि सिटीका रोड्रीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

तर खेलको ८१ औं मिनेटमा गुन्डुवानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ ।

लिभरपुल दोस्रो, चेल्सी तेस्रो र टोटेनह्याम चौथौ भएको छ। बर्नली, वाटफर्ड र नर्विच सिटी रेलेगेट भएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments