मेयर कप क्रिकेट को लागि काठमाडौं मेयर ११ टिम को घोषणा
आगामी फाल्गुन २२ गते देखि सुरु हुन लागेको मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता को लागि काठमाडौं मेयर ११ को टिम घोषणा गरिएको छ । गत महिना सम्पन्न प्रधानमन्त्री कप क्रिकेट मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हरुलाइ समेटेर १४ सदस्यीय काठमाडौं मेयर ११ टिम को घोषणा गरिएको हो ।
आज नेपाल क्रिकेट संघ क्यान ले एक बिज्ञप्ति निकाल्दै उक्त जानकारी दिएको हो । जस अनुसार १४ जना भित्र पर्न सफल खेलाडी हरुको नमाबली यसप्रकार छ ।
सिद्धान्त लोहोनी (प्रदेश १) बिबेक यादव (प्रदेश २) अर्जुन कुमाल (गण्डकी प्रदेश) ( सौरभ खनाल) (लुम्बिनी प्रदेश ) बिक्रम भुसाल ( लुम्बिनी प्रदेश) अनुज चुनारा ( कर्णाली प्रदेश ) रबिन्द्र जंग शाही (सुदुर पश्चिम प्रदेश ) नारायण जोशी (सुदुर पश्चिम् प्रदेश ) हरि शंकर शाह (प्रदेश २ ) बिपिन खत्री (गण्डकी प्रदेश ) कृष्ण कार्की (लुम्बिनी प्रदेश ) अनिल खरेल (लुम्बिनी प्रदेश ) सन्दीप रजाली (लुम्बिनी प्रदेश ) बिपिन रावल (सुदुर पश्चिम् प्रदेश ) खडक बहादुर बोहोरा (सुदुर पश्चिम प्रदेश ) बाट रहेका छन ।
काठमाडौं महानगरपालिका को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ क्यान ले गर्न लागेको मेयर कप मा ३ बिभागिय टोलि सहित बाग्मती प्रदेश र काठमाडौं मेयर ११ गरि कुल ५ टोलिको सहभागिता रहने छ । प्रतियोगिता फाल्गुन २९ मा सकिनेछ ।