चेल्सीको १० नम्बर को जर्सी क्रीस्चियन पुलिसिकलाई
अमेरिका तथा चेल्सीका २१ बर्षिय विङेर क्रीस्चियन पुलिसिकले अब आउने सिजनबाट चेल्सी को १० नम्बर को जर्सी लगाएर खेल्ने भएका छन। उनले आफ्नो राष्ट्रिय टोली बाट यस अघी नै उक्त नम्बर को जर्सी लगाउदै आएका थिए। यस अघी चेल्सी मा १० नम्बर को जर्सी ब्राजिल का खेलाडी विलिअन बोर्गस ले लगाउदै आएका थिए। यसै सिजन को अन्त्य पछी ब्राजिली खेलाडी विलिअन फ्री ट्रान्स्फरमा अर्को लण्डन क्लब आर्सनल तिर लागिसकेका छ्न्।

सन २०१९ को जनवरी ट्रान्स्फर मा क्रीस्चियन पुलिसिक जर्मन क्लब ब्रोसिया डर्ट्मुन्ड बाट ५७ मिलियन पाउन्डमा लण्डन क्लब चेल्सी आएका थिए। केहि हप्ता अघी मात्र सकिएको २०१९/ २० को सिजनमा लामो समय चोट ग्रस्त भ्एका क्रीस्चियन पुलिसिक ले २५ खेल खेलेर ९ गोल गर्नुको साथै ४ असिस्ट गरेका थिए। उमेरले भर्खर २१ बर्ष मात्र पुगेका उनलाई भविष्यमा निकै राम्रो खेलाडी को रुपमा हेरिएको छ ।

पछील्लो समय चेल्सी फूटबल क्लबबाट १० नम्बर को जर्सी लगाएर खेलेका खेलाडीहरु : १) जो कोल २००३ देखी जुलाई २०१० सम्म २)योसी बेनायोन जुलाई २०१० देखी अगस्त २०११ सम्म ३)हुवा माटा २०११ देखी २०१४ सम्म ४) एडन हाजर्ड २०१४ देखी २०१९ सम्म ५)विलिअन बोर्गास अगस्त २०१९ देखी सेप्टेम्बेर २०२० सम्म ।
