रोमान्चक खेलमा इंग्ल्यान्डद्वारा अस्ट्रेलिया २ रनले पराजित

रोमान्चक खेलमा अस्ट्रेलियालाई २ रनको झिनो अन्तरले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। गएराति द रोज बल साउथह्याम्पटन मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डले घरेलु मैदानमा रक्षा गरेको यो दोश्रो सानो लक्ष्य हो। यस अघि भारतसंग २००९ मा १५३ रनको योगफल इंग्ल्यान्डले रक्षा गरेको थियो। २ रनको हार अस्ट्रेलियाको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम रन अन्तरको हार हो। इंग्ल्यान्डको यो दोश्रो सबैभन्दा थोरै रन अन्तरको जित हो।

टम करनले गरको अन्तिम ओभरको दोश्रो बलमा स्टोइनिसले छक्का प्रहार गरे। जित्न अब ४ बलमा ९ रन चाहियो। त्यसपछि तेश्रो बलमा करनले रन दिएनन्। चौथो र पाँचौ दुवै बलमा स्टोइनिसले २/२ रन लिए।

अब अन्तिम बलमा जित्न  ५ रन आवस्यक थियो। करनले लो फुल टस बल दिए जसमा स्टोइनिसले २ रन लिन सके। जितको नजिक पुगेर अस्ट्रेलिया हार्न पुग्यो। स्टोइनिसले १८ बलमा अविजित २३ रन बनाएर पनि जित दिलाउन सकेनन्।


0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments