शेफिल्ड द्वारा म्यान्चेस्टर युनाईटेड पराजित
प्रीमियर लिग को पुछार मा रहेको शेफिल्ड युनाईटेड संग २-१ गोल ले पराजित भएपछि म्यान्चेस्टर युनाईटेड लाई उपाधी यात्रा मा गम्भीर धक्का लागेको छ। युनाईटेड को घरेलु मैदान ओल्ड ट्राफोर्ड मा भएको खेल मा यो सिजन रेलिगेसन मा पर्ने सम्भावना बलियो भएको शेफिल्ड ले युनाईटेड लाई पराजित गरेको हो । सेफिल्ड को लागि यो सिजन को मात्र दोश्रो जित हो । खेलको २३ मिनेटमा किन ब्रायन को गोल बाट पाहुना टोलि शेफिल्ड ले अग्रता बनाएको थियो तर दोश्रो हाफ को ६४ मिनेटमा युनाईटेड का ह्यारी म्यागुयर ले गोल गर्दै खेल १-१ को बराबरी मा ल्याउन सफल भए त्यसपछी खेल को ७४ औ मिनेटमा ओलिभर बुर्की ले गोल गर्दै शेफिल्ड लाई महत्त्वपूर्ण ३ अङ्क दिलाउन सफल भए । यो हार संगै युनाईटेड ले लिग तालिका को शिर्ष स्थान मा पुग्ने मैका पनि गुमाएको छ। युनाईटेड को २० खेल बाट ४० अङ्क रहेको छ ।
यस्तै प्रीमियर लिग अन्तर्गत नै गए राती सम्पन्न अन्य खेलमा चेल्सी र उल्भ्स ले गोल रहित बराबरी खेल्दा लेस्टर सिटि र एभर्टन ले १-१ गोल को बराबरी खेलेका छ्न ।