चेल्सी लिग कपबाट बाहिरियो , टोटेनहाम अर्को चरणमा
पेनाल्टी सुटआउटमा चेल्सीलाई ५-४ गोल अन्तरले पराजित गर्दै टोटेनहाम लिग कपको अर्को चरणमा पुगेको छ ।नेपाली समय अनुसार बुधबार मध्य राति टोटनहामको घरेलु मैदानमा खेल भएको थियो। पहिलो हाफको १९ औ मिनेटमा जर्मन स्टाइकर टिमो वेर्नरको गोल को मद्दतबाट चेल्सीले खेलमा १-० को अग्रता लिएको थियो ।

पहिलो हाफमा दुवै टिमले पाएको अवसरलाई गोलमा सदुपयोग र्गन नसक्दा पहिलो हाफ १-० मा सकिएको थियो । दोस्रो हाफमा चेल्सीले पहिलो हाफको तुलनामा खराब खेल खेलेको थियो । दोस्रो हाफमा पनि दुवै टिमले केही उत्कृष्ट मौका पाए पनि त्यसलाई सदुपयोग र्गन सकेनन् ।

खेलको ८३ औ मिनेटमा टोटेनहाम को लागि ह्यारी केनले गोले गर्दै खेललाई १-१ को बराबरीमा लाए। खेल १-१ को बराबरीमा सकिए पछि पेनाल्टी सुटाउट तर्फ धकलिएको थियो । घरेलु टोली टोटेनहामले ५ औ पेनाल्टीमा गोल गर्न सफल भयो तर पाहुना टोली चेल्सीका मिडफिल्डर मेसन माउन्टले चेल्सीको ५ औ पेनाल्टी मिस गरेपछि चेल्सी लिग कपको ४ औ चरण बाटै बाहिरिन बाध्य भयो।

