म्यान्चेस्टर युनाईटेड को लज्जास्पद हार, टोटेन्ह्याम ६-१ले बिजयी

इङलिस प्रीमियर लिग मा म्यान्चेस्टर युनाईटेड ले लज्जास्पद हार बेहोरेको छ । भर्खर सकिएको खेलमा टोटेन्ह्याम द्वारा म्यान्चेस्टर युनाईटेड ६-१ को विशाल गोल अन्तर ले पराजित गरेको हो ।

खेलमा युनाइटेडले खेलको दोस्रो मिनेटमा पेनाल्टी पायो सो पेनाल्टीलाई सदुपयोग गर्दै बुर्नो फरनानदेज ले युनाइटेडलाई १-० को अग्रता दिलाए पनि त्यो अग्रता धेरै समय टिक्न सकेन ४ औ मिनेटमा टोटनह्यामले बराबरी गोल गर्यो टोटनह्यामको लागि टाङाइ न्डोम्बेले ले गोल गरे ।

खेलको ७ औ मिनेटमा केन को पासमा सन ले गोल गर्दै आफ्नो टोलिलाई १-२ को अग्रता दिलाए । खेलको २६ औ मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । एन्थोनी मार्सियल रातो कार्ड पाउदै मैदान बाट बाहिरिएका थिए । १० खेलाडीमा सिमित युनाइटेडले पहिलो हाफमा थप २ गोल खादै खेलमा १-४ ले पछि पर्यो । टोटनह्यामको लागि खेलको ३० औ मिनेटमा सनको पासमा केन र खेलको ३७ औ अरियोर को पासमा सनले खेलमा ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफमै १-४ गोल अन्तरले पछि परेको १० खेलाडीमा सिमित घरेलु टोली युनाइटेडले दोस्रो हाफमा थप २ गोल खादै १-६ को लज्जास्पद हार बेहोर्न पुग्यो । टोटनह्यामको लागि अरियोर ले खेलको ५१ औ मिनेटमा पाँचौ र केनले खेलको ७१ औ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै खेलको छैटौं गोल गर्दै आफ्नो टोलीको १-६ गोलको फराकिलो जित पक्का गरे ।

१० खेलाडीमा सिमित युनाइटेडले खेलमा फर्किने कुनै मौका पाएन । टोटनह्यामको फराकिलो जितका नायक रहे उस्का कोरियाली खेलाडी सन र ईंग्लिश स्ट्राइकर केन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments