चेल्सी को शानदार सरुवात

ईंग्लिश प्रिमियर लिगको नयाँ सिजन अन्तर्गत पहिलो खेलमा चेल्सीले सानदार विजयी सुरुवात गरेको छ ।

आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै यसै साता युरोपेली सुपर कप जितेको युरोपेली च्याम्पियन चेल्सीले नयाँ सिजनमा शानदार सुरुवात गरेको हो

चेल्सीको जितमा मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रेभो चलोवा ले एक एक गोल गरे । खेलमा सुरु देखिनै हाबी भएको चेल्सी ले अरु थुप्रै मौका खेर फालेको थियो । जित संगै चेल्सी १ खेल बाट ३ पोइन्ट को साथ मा लिग तालिका को दोस्रो स्थान मा रहन सफल भएको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments