राष्ट्रिय क्रिकेट टिम का मुख्य प्रशिक्षक ह्वाट्मोर आज स्वदेश फर्कदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर केहि समयका लागि स्वदेश फर्किएका छन । गत जनवरीमा राष्ट्रिय टिम को प्रशिक्षण सम्हाल्न नेपाल आएका ह्वाटमोर नेपालमा लकडाउन भएपछि श्रीलंका फर्किएका हुन ।

नेपालमा कोरोनाका कारण लकडाउन भएपछि फुर्सदिला बनेका ह्वाटमोरलाई नेपाल क्रिकेट संघले श्रीलंका जाने ब्यवस्था मिलाएको हो ।

नेपालमा लकडाउनको समय लम्बिने संभावना रहेको र क्रिकेटका गतिविधी यो समयमा बन्द हुने भएकाले पनि क्यानले उनलाई श्रीलंका जानको लागि ब्यवस्था मिलाएको हो ।
श्रीलंका फर्कीएका ह्वाटमोर अब नेपाल क्रिकेट संघ क्यानले बोलाएपछि मात्र नेपाल आउनेछन । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएको ह्वाटमोर को परिवार अहिले श्रीलंका बस्न थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments