रोहितको उत्कृष्ट प्रदर्शनमा मुम्बईको पहिलो जित
इन्डियन प्रिमियर लिग(आइपिएल)- २०२० मा मुम्बई इन्डियन्सले कलकता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै पहिलो जित निकालेको छ। पहिलो खेलमा मुम्बई चेन्नाईसित पराजित भएको थियो। सेख जिदाय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा २० ओभर खेलेर ५ विकेट गुमाउदै १९५ बनायो।

ओपनर डि ककलाई सस्तैमा गुमाएको मुम्बईको इनिङ्स रोहित शर्मा सुर्य कुमार यादबले समाल्हेका थिए। रोहितले ५४ बलमा ३ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाए। सुर्य कुमार यादवले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमा ४७ रन बनाए। त्यसपछि ब्याटिङ गर्न आएका सौरभ तिवारीले २१, हार्दिक पाण्ड्यले १८ र काइरन पोलार्डले १३ रनको योगदान गरे।

बलिङमा कलकत्ताका सिभम माभिले २ विकेट लिए। नारायणले र रसेलले समान्ब१-१ विकेट लिए।
जवाफी १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १४६ रन बनाउन सक्यो। कलकताका ओपनर सुभ्मन ७ र नारायण ९ रनमा आउट भए। कप्तान दिनेश कार्तिकले २३ बलमा ५ चौकाको सहयोगमा ३० रन बनाउदै राहुल चहारको बलमा आउट भए ।

यस्तै नितेश राना २४, मोर्गनले १६ र रसेलले ११ रन जोडे। अन्तिममा प्याट कमिङ्सले बिस्पोटक ब्याटिङ गरेपनी कलकतालाई जित दिलाउन पर्याप्त रहेन। उनले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए। बलिङमा मुम्बईको लागि ट्रेन्ट बोल्ट, जेम्स पट्टेन्सन, जस्पृत बुम्रा, राहुल चहार सबैले २ विकेट लिए। काइरन पोलार्डको नाममा भने १ विकेट रह्यो।