प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलि देखि सुरु
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलि देखि सुरु हुदै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल संचालन हुनेछन् ।
टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यस्तै टियु मैदानमै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच प्रतिस्पर्धा हुनेछ । यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुदा दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । त्यसैगरी समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने टुर्नामेन्ट यसपटक भने टि ट्वान्टी फर्म्याट मा हुने छ । सधै एकदिबसिय फर्म्याट मा हुने यस प्रतियोगिता आसन्न ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि भनेर टि ट्वान्टी फर्म्याट मा गर्न लागिएको हो ।