एमबाप्पेको पीएसजीका लागि एक सयौँ गोल

केलियन एम्बाप्पेले पीएसजी बाट एक सय गोल पूरा गरेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड एम्बाप्पेले १ सय ६५ मिलियन पाउण्डमा पीएसजी आउनुअघि मोनाकोबाट २७ गोल गरेका थिए ।

शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पूरा गरेका हुन् । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

घरेलु टोलीका स्टेफी माविदिदी ४१औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोल पार गरे ।

उनले १ सय ३७ खेलमा सय गोल पूरा गरेका हुन् । उनी पीएसजीबाट सय गोल पूरा गर्ने पाँचौ खेलाडी बनेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments