त्रिकोणात्मक सिरिज को लागि १४ सदस्यीय नेपाली टोलि घोषणा

आगामी बैशाख ४ देखि काठमाडौं मा हुने ट्राइ नेसन सिरिज को लागि नेपाल क्रिकेट संघ क्यान के १४ सदस्य टोली घोषणा गरेको छ । आज भर्खरै घोषणा गरेको टिम मा धेरै जस्तो पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ । नेपालले टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म टियु टि ट्वान्टी खेल खेल्ने छ । डबल राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । क्यानले चैत २४ गते देखि बन्द प्रशिक्षण सुरु गरेको थियो । केही दिन को बन्द प्रशिक्षणपछि क्यान ले अन्तिम १४ सदस्य टोली घोषणा गरेको हो

आज घोषणा गरिएको १४ सदस्यीय टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, साहब आलम

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments