अष्ट्रेलिया द्वारा शृङ्खला कब्जा

तेस्रो तथा अन्तिम एकदिबसिय क्रिकेट मा घरेलु टोलि वेस्ट इन्डिज लाई ६ विकेट ले हराउदै अष्ट्रेलिया ले शृङ्खला कब्जा गरेको छ । १५३ रनको सामान्य लक्ष लिएर मैदानमा उत्रिएको अष्ट्रेलिया ले ३०.३ ओभरमा ४ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गर्यो । अष्ट्रेलिया को लागि म्याथु वेड ले ५१ रन तथा कार्यबाहक कप्तान एलेक्स क्यारी ले ३५ रनको पारी खेले । यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिज ४५.१ ओभरमा सबै विकेट गुमाउदै १५२ रनमा समेटिएको थियो । अब अष्ट्रेलिया ५ खेल को टि ट्वान्टी सिरिज खेल्न बाङ्लादेश भ्रमणमा जाने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments