थिएगो अल्कान्टारा लिभरपुल आउने

बार्यन म्युनिखका मिड्फिल्डर थिएगो अल्कान्टारा लिभरपुल आउने पक्का भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लबले उनका लागि बायर्न म्युनिकलाई कम्तीमा दुई करोड पाउन्ड तिर्नेछ र यसमा पछि ५० लाख डलर जोडिन सक्ने छ ।

सन् २०१३ मा बार्सिलोनाबाट बायर्न गएका २९ वर्षीय खेलाडी गत सिजन युरोपेली च्याम्पियन्स लिग विजेता टिमका प्रमुख सदस्य थिए । उनले एनफिल्डमा छ नम्बर जर्सी लगाउने सम्भावना छ । उनी लिभरपुलले यो सिजनका लागि अनुबन्ध गरेका दोस्रो खेलाडी हुनेछन ।

उनलाई अर्को ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले पनि भित्र्याउन खोजेको थियो तर अब लिभरपुल आउने पक्का भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments