सनराजर्स हैदराबादद्वारा चेन्नाई पराजित
इन्डियन प्रिमियर लिग(आइपिएल) २०२० मा चेन्नाई सुपर किङ्स हैदराबाद सित ७ रनले पराजित भएसँगै लिगमा लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो।

सनराइजर्सको लागि प्रियम गार्गले २६ बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा सार्वधिक ५१ रन जोडे। कप्तान डेभिड वार्नरले २९ बल खेल्दै ३ चौकाको मद्दतमा २८ रन जोडे। मनिस पाण्डेले २१ बलम ५ चौकाको साथमा २९ रन बनाए। यस्तै अन्त्यमा अविशेक शर्माले २४ बलमा ४ चौका र १ छ्क्कको सहयोगमा ३१ रन जोडे।

चेन्नाईको लागि दिपक चहारले ४ ओभर बलिङ गर्दै ३१ रन दिएर सार्वधिक २ विकेट लिए। सार्दुल ठाकुर र चावलाले १-१ विकेट लिए। १६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो। ओपनर वाटसनलाई १, अम्बती रायडुलाई ८, फाफ डुप्लेसिलाई २२ रनमा गुमाएको चेन्नाईलाई धोनी र जडेजाले सम्मानजनक स्कोरमा पुर्याएका थिए।

कप्तान धोनिले ३६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४७ रन जोडे। यस्तै रविन्द्र जडेजा ५० रन बनाएर नतार्जनको बलम आउट भए। उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। सम करनले २ छ्क्काको मद्दतमा ५ बलमा १५ रन बनाएपनी टोलिलाई जित दिलाउन सकेनन्।
हैदराबादको लागि नतार्जनले सार्वधिक २ विकेट लिए। उनले ४ ओभरमा ४३ रन खर्चिए। भुवेश्वर कुमार र अब्दुल १-१ विकेट लिए।
