अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातबाट निधन

अस्ट्रेलियाका पुर्व क्रिकेट खेलाडी तथा चर्चित कमेन्टेटर ५९ बर्षिय डिन जोन्सको आज मुम्बईमा हृदयघातबाट निधन भएको छ । उनी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को कमेन्ट्री टिमका सदस्यका रुपमा स्टार स्पोर्ट्समा आबद्ध थिए।

जोन्स हाल आइपिएल को लागि मुम्बईमा रहेका थिए । स्टार इन्डियाले एक विज्ञप्ति जारी गर्दै जोन्सको निधनको पुष्टि गर्दै हृदयघातबाट अचानक मृत्यु भएकोमा दुख ब्यक्त गरेको छ ।
अस्ट्रेलियाको लागि ५२ टेस्ट र १६४ एकदिवसीय खेलमा क्रमश तीन हजार छ सय ३१ रन तथा छ हजार ६८ रन बनाएका थिए ।

सन् १९९७-९८ मा क्रिकेटबाट सन्यास लिए पछि पछिल्लो समय उनी कमेन्टेटरका रुपमा काम गर्दै आएका थिए । त्यस्तै उनी अस्ट्रेलियाले सन् १९८७ मा विश्वकपको उपाधि जित्दा पनि जोन्स टोलीमा रहेका थिए । उनी ‘प्रोफेसर डिनो’ को नामले परिचित थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments