रियल म्याड्रीड मा अब चार नम्बर को जर्सी डेभिड अलबा ले लगाउने

स्पेनिस जायन्ट रियल म्याड्रीड का पुर्ब कप्तान सर्जियो रामोस ले क्लब छोडेपछि रिक्त रहेको चार नम्बरको जर्सी अर्का सेन्टर ब्याक डेभिड अलवा ले लगाउने भएका छन । यसै सिजन मात्र बार्यन म्युनिख बाट रियल म्याड्रीड आएका अस्ट्रीयन डिफेन्डर डेभिड अलबा ले उक्त नम्बरको जर्सी लगाउने भएका हुन । स्पेनिस क्लब रियल ले आज एक तस्बिर सार्बजनिक गर्दै उक्त कुरा पुष्टि गरेको हो । रामोस को बहिर्गमन पछि रियल मा उक्त जर्सी कसले लगाउने हो भन्ने कुराको चौतर्फी चर्चा हुँदै आएको थियो । १५ बर्ष स्पेनिस राजधानी म्याड्रीड मा बिताएका सर्जियो रामोस केही हप्ता अघि मात्र रियल बाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन तिर लागेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments