म्यान्चेस्टर सिटी को रबाफिलो जित

ईंग्लिश प्रिमियर लिग मा लिग लिडर म्यान्चेस्टर सिटी ले टोटेनह्याम लाई ३-० ले पराजित गरेको छ । सिटी को आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटी लाई जिताउन गुन्डोगान ले २ तथा रोड्री ले १ गोल गरे । २३ मिनेटमा रोड्री को पेनाल्टी गोल मार्फत खेल मा अग्रता बनाएको सिटी को लागि यो सिजन उत्कृष्ट लय मा रहेका जर्मन मिड्फिल्डर गुन्डगान ले ५० र ६६ मिनेटमा २ गोल गरे । यो जित संगै सिटी ले २३ खेल बाट ५३ पोइन्ट को साथ लिग तालिका को शिर्ष स्थान मजबुत बनाउदै लगेको छ । सिटी भन्दा १ खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ४५ पोइन्ट को साथ दोस्रो स्थान मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments