बार्सिलोनाका स्टार फरवार्ड लुइस सुआरेज एट्लेटिको म्याड्रिडमा अनुबन्धित
बार्सिलोनाका स्टार फरवार्ड लुइस सुआरेज चिरप्रतिद्वन्द्वी कलब एट्लेटिको म्याड्रिडमा २ वर्षको लागि अनुबन्धित भएका छन् । सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न एट्लेटिको सफल भएको छ। एट्लेटिकोले ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ ।

सुआरेजको इटालियन कलब युभेनटसमा जाने कुरा चलेको थियो तर सुआरेजको नागरिकता विवादका कारण युभेनटसमा अनुबन्धन हुने प्रकिया रोकेको थियो। इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परिक्षामा लुइस सुआरेजले चोरी गरेको आरोप लागेको छ । इटालियन पुलिसले उक्त आरोपबारे विस्तृत छानविन समेत थालेको छ । सुआरेजले नागरिकता प्राप्त गर्न केहि ढिला हुने भएपछि युभेन्टसले एटलेटिको म्याड्रिडबाट अल्भारो मोराटालाई अनुबन्ध गरेको थियो ।

सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। लिभरपुलबाट बार्सिलोना पुगेसँगै उनको करिअरले गति लिएको थियो। मेसी र नेइमारसँग उनको जोडी खुब जमेको थियो। तीन जनाको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग, लिग कप र ला लिगा जितेको थियो।

सुआरेजले थप तीन पटक ला लिगा र तीन पटक कोपा डेल ,दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका छन। सुआरेजले थप तीन पटक ला लिगा र तीन पटक कोपा डेल ,दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका छन। तर पछील्लो केही वर्ष सुआरेज र मेसीले बार्सिलोनामा प्रभाव जमाउन सकेका छैनन्। लुइस सुआरेजले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन्।
