किम्मिचको गोलमा म्युनिखलाई सुपर कप
बार्यन म्युनिखले डर्टमण्डलाई ३-२ गोल अन्तरले हराउदै जर्मन सुपर कपको उपाधी बार्यन म्युनिखले जितेको छ। बार्यनको मैदान एलिनाज एरिनामा भएको खेलमा बार्यनलाई जित दिलाउन कोरेन्टिन टोलिस्सो, थोमस मुलर र किम्मिचले गोल गरे। डर्टमण्डका लागि जुलियन ब्रेन्ड्ट र इर्लिङ हल्याण्डले गरेको गोल सान्त्वनामा सिमित रह्यो।

खेलमा अग्रता भने घरेलु टोलिले लिएको थियो। खेलको १८ औ मिनेटमा टोलिस्सोले गोल गर्दै घरेलु टोलिलाई अगाडी बढाए। ३२ औ मिनेटमा थोमस मुलरले एल्फान्सो डेभिसको पासमा गोल गर्दै बार्यनलाई २-० ले अगाडि बढाएका थिए। सुरुवाती ३२ मिनेटमा नै २ गोलले पछि परेको बार्यनले खेलमा हार भने मानेन।

३९ औ मिनेटमा हल्याण्डको पासमा ब्रान्ड्टले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काएका थिए। यस्तै दोस्रो हाफको ५५ औं मिनेटमा डेलानेको पासमा हल्याण्डले गोल गर्दै डर्टमण्डलाई बराबरीको स्थितिमा ल्याएका थिए।
८२ औ मिनेटमा बार्यनका किम्मिचले गोल गर्दै घरेलु टोलिलाई फेरि खेलमा अगाडि बढाएका थिए। त्यसपछि दुवै टोलिबाट गोल हुन नसक्दा बार्यन म्युनिखले उपाधी जितेको हो। बार्यन म्युनिखले अघिल्लो हप्ता युरोपियन सुपर कपको उपाधिपनि जितेको थियो।
