चेल्सीको सानदार जित

इङलिस प्रीमियर लिग मा चेल्सीले सेफिल्ड युनाईटेड लाई ४-१ गोल अन्तर ले हराउदै सानदार जित दर्ता गरेको छ।आफ्नो घरेलु मैदान स्टाम्फोर्ड ब्रीज मा भएको खेल मा चेल्सी लाई जिताउन
तामी अब्राहम, बेन चिलवेल, टिमो वेर्नर र थियागो शिल्भा ले समान १ / १ गोल गरे ।


खेल मा अग्रता भने पाहुना टोलि सेफिल्ड युनाईटेड ले लिएको थियो।खेल सुरु भएको ९ मिनेटमा नै सेफिल्ड को लागि म्याक्गोल्ड्रीक ले गोल गर्दै राम्रो सुरुवात दिलाएका थिए ।तर त्यस पछि खेल घरेलुु टोलि चेल्सी ले उत्कृष्ट पुनरागमन गर्दै ४ गोल फर्काउन सफल भयो रबाफिलो जित दर्ता गरायो।यो जित संगै चेल्सी लिग अन्क तालिका को तेस्रो स्थान मा उक्लन सफल भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments