तेस्रो टेस्ट मा भारत १० विकेट ले बिजयी

इङ्ल्याण्ड विरुद्ध को तेस्रो टेस्ट मा घरेलु टोलि भारत १० विकेट ले बिजयी भएको छ । इङ्ल्याण्ड ले दिएको ४९ रनको झिनो लक्ष्य भारत ले ७ ओभरमा कुनैपनी विकेट नगुमाइ पूरा गर्यो । भारत का लागि रोहित शर्मा ले २५ र सुभनम गिल ले १५ रन बनाए । यो संगै सन्सार कै सबैभन्दा ठुलो क्रिकेट मैदानमा भएको डे नाइट टेस्ट २ दिनमै सकिएको छ । पहिलो पारी मा इङ्ल्याण्ड ले ११२ रन बनाएको थियो भने भारत ले १४५ रन बनाएको थियो त्यस्तै दोस्रो पारी मा इङ्ल्याण्ड मात्र ८१ रन मा अल आउट भएपछि भारत ले ४९ रनको झिनो लक्ष्य पाएको थियो । यो संगै ४ खेल को टेस्ट सिरिज मा भारत ले २-१ को अग्रता लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments