रिशब पन्त अझै केही समय मैदान बाहिर रहने

दिल्ली क्यापिटल्सका युवा विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त अझै केही खेलमा मैदानमा नदेखिने भएका छन्। खुट्टाको मांसपेशीमा ‘ए’ ग्रेडको चोट रहेको छ जसकारण उनको स्थानमा अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एलेक्स केरीले अझै केही खेलमा मौका पाउने सम्भावना छ। दिल्लीले लि को आठौँ खेलमा आज राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ।

दिल्लीले आज राजस्थानसंग खेलेपछि शनिवार चेन्नाई र अक्टोबर २० तारिखमा पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ। कम्तिमा २ वटा खेल पन्तले गुमाउने निश्चित जस्तो छ। पन्जाब बिरुद्ध खेल्न नसके उनि त्यसपछि २४ तारिखमा हुने कोलकातासंगको खेलमा उपलब्ध हुन सक्नेछन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments