प्रदेश २ द्वारा बाग्मती लाई १८० रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप राष्ट्रीय क्रिकेट मा प्रदेश २ ले बाग्मती प्रदेश लाई १८० रन को लक्ष्य दिएको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो । प्रदेश २ को लागि बिबेक यादव ले सर्बाधिक ६६ रन बनाउदा कुमार थापा ले २२ तथा राहुल प्रताप सिंह ले १८ रन बनाउनु बाहेक अरु ब्याट्सम्यान ले सम्झन योग्य रन बनाउन सकेनन । प्रदेश २ लाई सामान्य योगफल मा समेट्न बाग्मती का गौतम केसि ले ४ विकेट लिदा रामनरेश गिरि ले २ विकेट लिए । अब १८० रन को लक्ष्य लिएर बाग्मती ले केही बेर मा ब्याटिङ गर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments