म्यान्चेस्टर सिटी लिग कप को फाइनल मा

चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड लाई २–० ले हराउदै म्यानचेस्टर सिटी इंग्लिस नक आउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ ।

अब वेम्बलीमा हुने फाइनल खेल मा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।म्यान्चेस्टर सिटी को जित मा जोन स्टोन्स र फर्नान्डिन्होको ले १/१ गोल गरे ।

पहिलो हाफमा दुवै टोली ले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री ले खारेज गरेको थियो । अप्रिल २५ मा हुने टोटनह्याम बिरुद्धको फाइनल जितेमा सिटीले लगातार चारपल्ट लिग कप जित्ने लिभरपुलको कीर्तिमान बराबरी गर्नेछ ।

यता टोटनह्याम भने सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन रहदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments