एपिएफ द्वारा कर्णाली प्रदेश लाई २१९ रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत ससस्त्र प्रहरी बल को एपिएफ ले कर्णाली प्रदेश लाई २१९ रनको लक्ष्य दिएको छ। किर्तिपुर स्थित टि यु क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ रोजेको एपिएफ ४९.५ ओभरमा सबै विकेट गुमाउदै २१८ रन मा समेटियो । एपि एफ को लागि सन्दिप जोरा ले सर्बाधिक ६० रन बनाए भने अमर सिंह रौटेला ले ३३ रन को योगदान दिए । ६७ रन मा ५ विकेट गुमाएर संकट मा परेको एपिएफ लाई जोरा र रौटेला ले लामो साझेदारी गर्दै सम्हालेका थिए । बलिङ तर्फ कर्णाली का रबिन्द्र जंग शाही र अनुज चुनारा ले ३/३ विकेट लिए भने दिवान पुन र राज शाह ले समान २/२ विकेट लिए । अब २१९ रनको लक्ष्य लिएर कर्णाली ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments