दिल्लीलाई हराउदै मुम्बई छैठौं पटक आईपीएलको फाइनलमा

आईपीएलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स फाइनल प्रवेश गरेको छ। लिग इतिहासमा मुम्बई फाइनल पुगेको यो छैठौं पटक हो। यस अघि २०१०, २०१३, २०१५, १०१७ र २०१९ मा मुम्बई फाइनल पुगेको थियो जस मध्ये २०१३, १५, १७ र १९ गरि ४ पटक उपाधि जित्न सफल रहेको थियो। मुम्बई भन्दा बढी चेन्नाई सर्वाधिक ७ पटक लिगको फाइनल पुगेको छ भने ३ पटक उपाधि जित्न सकेको छ।

हारपछि पनि दिल्लीले फाइनल पुग्नको लागि दोश्रो अवसर पाउनेछ। शुक्रबार हुने हैदरावाद र बैंगलोर बीचको इलिमीनेटरको विजेतासंग आइतबार दिल्लीले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो।

टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो।मुम्बईको लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ५१ रन बनाए।

क्विन्टन डीककले २५ बलमा ५ चौका र १ छक्का मद्दतले ४० रन बनाए। हार्दिक पान्ड्याले १४ बलमा ५ छक्का मद्दतले अविजित ३७ रन बनाए। क्रुनाल पान्ड्याले १३ रन बनाउदा रोहित शर्मा र काइरन पोलार्डले खाता खोल्न सकेनन्।

कप्तान रोहित शर्मा खाता नखोली रभीचन्द्रन आश्विनबाट आउट भएपछि डीकक र यादवले दोश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। यस क्रममा मुम्बईले पहिलो ६ ओभरमा ६३ रन बनायो जुन यो सिजनमै मुम्बईले पावरप्लेमा बनेको सर्वाधिक रन हो।

१९ औं ओभरमा रबाडाले १८ रन तथा २० औं ओभरमा नोर्कियाले २० रन खर्चदा दिल्लीले २०० योगफल बनायो। अन्तिम बलमा छक्का हिर्काउदै किशनले अर्धशतक पुरा गरे।अन्तिम ५ ओभरमा मुम्बईले मात्र १ विकेट गुमाएर ७८ रन बनायो।

मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।दिल्लीको लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रन बनाए जुन क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।

अक्षर पटेलले ३३ बलमा २ चौका र ३ छक्का मद्दतले ४२ र बनाए। यस्तै कागीसो रबाडाले अविजित १५, श्रेयस ऐयर ऐयरले १२, रिशभ पन्तले ३ रन बनाए। पृथ्वी श, शिखर धवन, अजिंके रहाने र ड्यानियल स्याम्सले खाता खोल्न सकेनन्।

२०१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्लीले पहिलो ३ विकेट खाता नखोल्दै गुमाउन पुग्यो। आईपीएल इतिहासमै पहिलो ३ विकेट खाता नखोल्दै गुमेको यो पहिलो पटक हो।पहिलो ओभरको दोश्रो बलमा पृथ्वी शलाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डीककबाट क्याच आउट गराउदै विकेट पतनको सुरुवात गरेका थिए। सोहि ओभरमा अजिंके रहाने पनि पाँचौ बलमा एलबिडब्लु आउट भए। लगत्तै ओभरमा शिखर धवनलाई जस्प्रित बुम्राहले बोल्ड गर्दा दिल्ली ०/३ को अवस्थामा पुग्यो।

पाँचौ नम्बरमा आएका मार्कस स्टोइनिसले त्यसपछि एक किनार सम्हालेर ब्याटिंग गरेता पनि अर्को किनारमा विकेट गुम्यो। चौथो ओभरमा कप्तान श्रेयस ऐयरलाई बुम्राहले तथा आठौँ ओभरमा रिशभ पन्तलाई क्रुनाल पान्ड्याले क्याच आउट गराए।

६ औं ओभरमा स्टोइनिसलाई बुम्राहले बोल्ड गर्दै मुम्बईलाई खेलमा पूर्णत हावी गराए। सोहि ओभरमा ड्यानियल स्याम्सलाई पनि बुम्राहले बोल्ड गरे। त्यसपछि अक्षर पटेलले अन्तिम ओभरसम्म ब्याटिंग गरेता पनि दिल्ली लक्ष्य भन्दा निकै पछि रह्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए। बुम्राहको स्पेल आईपीएलको क्वालीफायर/सेमीफाइनलमा संयुक्त रुपमा दोश्रो उत्कृस्ट बलिंग स्पेल हो। सबैभन्दा उत्कृस्ट डगी बोलिंगरले २०१० मा चेन्नाईको लागि खेल्दै डेक्कन चार्जर्स बिरुद्ध १३ रन खर्चेर ४ विकेट लिएका थिए। धवल कुल्कर्नीले २०१६ मा गुजरातको लागि खेल्दै बैंगलोर बिरुद्ध १४ रन खर्चेर ४ विकेट लिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments