चेल्सी र लिभरपुल भिड्दै

इङलिस प्रीमियर लिगमा आज साबिक बिजेता लिभरपुल र चेल्सी खेल्दै छ्न । खेल नेपाली समय अनुसार राती सबा ९ बजे चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा हुने छ। पहिलो खेल जितेर सुखद सुरुवात गरेका दुबै टिम आफ्नो बिजयी यात्रा जारी राख्न चाहन्छन ।

आफ्ना पुर्व मिड्फिल्डर फ्रान्क लाम्पार्डको नेतृत्वमा रहेको चेल्सीले यसै सिजन को ट्रान्सर्फर मा ६ जना नयाँ  खेलाडी आफ्नो टिममा भित्र्याएको कारण निकै उत्साहित देखिन्छ । त्यस्तै लिभरपुलले पनि अघिल्लो २ दिन मा २ जना नयाँ खेलाडीलाई एनफिल्डमा भित्र्याएको छ ।  

केही हप्ता अगाडि लिभरपुल का म्यानेजर योर्गन क्लोपले चेल्सीको ट्रान्सर्फर लई लिएर दिएको कडा अभिव्यक्ति पछि यी दुइ क्लबको बिच केहि टक्राब बढेको छ । त्यसैले पनि यो खेल निकै रोमाञ्चक हुने सम्भावना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments