चेन्नाईको चौथो हार, कोलकाता विजयी

इन्डियन प्रिमियर लिग(आईपिएल) मा कोलकाता नाइट राईडर्स विजयी भएको छ। बुधबार भएको खेलमा राइडर्सले चेन्नाई सुपर किङ्सलाई १० रनले पराजित गरेको हो। सेख जायद रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको कोलकाताले २० ओभरमा अलआउट हुदै १६७ रन बनाएको थियो।

कोलकाताको लागि राहुल त्रिपाठी बाहेक अन्य कुनैपनी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर त्रिपाठीले ५१ बलमा ८१ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। प्याट कमिङ्सले १७ रन जोड्दा अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

चन्नाईको लागि डिजे ब्राभोले ४ ओभरमा ३७ रन दिदै सार्वधिक ३ विकेट लिए। साम कुरान, शार्धुल ठाकुर,कर्न शर्माले समान २-२ विकेट लिए। १६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले पूरा २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो। ओपनर सेन आउट्सनले अर्धसतक पूरा गरे।

उनले ४० बलमा ६ चौका र १ छक्काको मद्दतमा ५० रन जोडेका थिए। अम्बती रायडु २७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न बाध्य भयो। कोलकाताकोलागी सिभम माभी, बरुन चर्कभर्ती, कम्लेश नगरकोटी, सुनिल नरायण र आन्द्रे रसेलले समान १-१ विकेट लिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments