ओबामियाङ्ग अझै ३ वर्ष आर्सनल मै रहने
गाबोन तथा आर्सनलका ३१ बर्षिय स्ट्राइकर पिएर एम्रीक ओबामियाङ्ग अझै ३ वर्ष लण्डन क्लब आर्सनल मै बस्ने भएका छन । यस अघी उनले आर्सनलको केहि नयाँ प्रस्ताव अस्विकार गरेको खबर समेत आएका थिए । हिजो भएको क्लब सँग को नयाँ सम्झौता अनुसार उनले अब आर्सनलमा हरेक हप्ता २५० लाख पाउन्ड पारिश्रमिक पाउने छन ।

उनी सन २०१८ मा जर्मन क्लब ब्रोसिया डर्ट्मुन्ड बाट प्रीमिएर लिग क्लब आर्सनल आएका थिए । आर्सनल मा ३ सिजन मा उनले सबै खाले खेलमा गरी १११ खेलमा ७२ गोल गरेका छन ।

सन १९८९ मा फ्रान्सको लावाल भन्ने शह मा जन्मिएका उनि फ्रान्स को २१ वर्ष मुनिको राष्ट्रिय टोली बाट १ खेल खेलेका थिए । तर अहिले उनी अफ्रीकी देश गाबोनको राष्ट्रिय टोली बाट खेल्ने गर्छन ।

गाबोनको राष्ट्रिय टोली बाट ६३ खेल उनले खेल्दै २५ गोल समेत गरेका छन । उनले सन २००८ मा इटालियन क्लब ए सी मिलान बाट आफ्नो व्यवसायिक खेल सुरु गरेका थिए । तर त्यहाँ उनले एउटा पनि औपचारिक खेल खेल्न पाएनन ।
