रोमाञ्चक खेल, सुपर ओभमा बैंगलोर विजयी

इन्डियन प्रिमियर लिग(आईपिएल) मा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरको अन्तिम बलमा मुम्बई इन्डियन्स माथी रोमाञ्चक जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

बैंगलोरको लागि एबिडी भिल्लीयर्सले सार्वधिक ५५ रन जोडे। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै देभदत्त पडिक्कलले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर फिन्चले ३५ बलमा ५२ रनको योगदान गरे। यस्तै कोहली ११ बलमा ३ रन जोडेर राहुल चहारको बलमा रोहित शर्माबाट क्याच आउट भए। सिभम डुबेले १० बलमा ३ छक्का र १ चौकाको मद्दतमा २७ रन जोडे।

मुम्बई इन्डियन्सको लागि बोल्टले ४ ओभरमा ३४ रन खर्चिदै २ विकेट लिए। राहुल चहारले १ विकेट लिए।जवाफी ब्याटिङमा २०२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेको क्षतिमा २०१ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

मुम्बईको लागि इसान किसान सतक बनाउन मात्र एक रनले चुके। उनी ५८ बलमा ९ छ्क्का र २ चौकाको मद्दतमा ९९ रन बनाएर उडानाको बलमा क्याच आउट भए। काइरन पोलार्ड २४ रनमा ५ छक्का र ३ चौकाको मद्दरमा ६० रन बनाएर नट आउट भए। मुम्बईले कप्तान रोहित शर्मालाई ८ रनमा गुमायो। अर्काओपनर डि ककपनि १४ रन बनाएर आउट भए। सुर्यकुमार यादव सुन्य रनमा उडानाको बलमा आउट भएपछि मुम्बई ३९-३ को स्थितिमा आएको थियो।

यस्तै हार्दिक पांण्डिया १५ रन जोडेर जाम्पाको बलमा आउट भएपछि मुम्बईको इनिङ्स पोलार्ड र किसानले समाल्हेका थिए।अन्तिम बलमा जितको लागि ५ रन चाहिएको स्थितिमा पोलार्डले चौका प्रहार गर्दै खेल सुपर ओभरमा धकेलेका थिए।बैंगलोरको लागि इर्सु उडानाले २, युज्भेन्द्र चहाल, एडम जाम्पा, सुन्दरले १-१ विकेट लिए।

सुपर ओभरमा बैंगलोरले बलिङको जिम्मा नप्दिप सैनिलाई दिएको थियो। मुम्बईको लागि ब्याटिङमा पांण्डिया र पोरार्ड उत्रिएका थिए। पहिलो ३ बलमा दुई रन मात्र दिएका सैनिको चौथो बलमा पोलार्डले चार रन हाने। पाँचौ बलमा पोलार्ड आउट भएपछि मुम्बईले १ ओभरमा ७ रन मात्र बनाउन सक्यो।

८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरको लागि कोहली र एभिडी भिल्लीयर्स मैदानमा उत्रिएका थिए। पहिलो ३ बलमा मात्र २ रन दिएका बुम्राले चौथो बलमा भिल्लीयर्सले चौका प्रहार गरे। अर्को बलमा १ रन जोड्दै कोहलीलाई स्ट्राइक दिएपछि अन्तिम बलमा १ रन हान्दै कोहलीले बैगलोरलाई जित दिलाए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments