थोमस टुचेल अझै तीन बर्ष चेल्सी मै बस्ने

युरोपेली च्याम्पियन्स लिग बिजेता चेल्सी ले आफ्नो मुख्य प्रशिक्षक थोमस टुचेल संग थप २ बर्ष को सम्झौता गरेको छ । गएको जनवरी मा १८ महिना को लागि क्लब संग सम्झौता गरेका उनले थप २ बर्ष चेल्सी मा बस्न सहमत भएका हुन ।

आफ्ना लिजेन्ड फ्रान्क लाम्पार्ड लाई बर्खास्त गर्दै चेल्सी ले जर्मन प्रशिक्षक टुचेल लाइ क्लब को जिम्मा दिएको थियो । उनले क्लब सम्हालेको ४ महिना मै चेल्सी लाई युरोपियन च्याम्पियन बनाएका थिए । यो सम्झौता संगै टुचेल सन २०२४ को अन्तिम सम्म चेल्सी मै बस्ने छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments