रोस बार्कली एस्टोन भिल्लामा

ईङल्याण्ड तथा चेल्सीका मिडफिल्डर रोस बार्कली अर्को प्रीमियर लिग क्लब एस्टोन भिल्लामा एक सिजनका लागि लोन मा अनुबन्ध भएका छ्न। २६ वर्षिय बार्कलीले हिजो सम्म चेल्सी छोडेर कतै जाने हल्ला सम्म थिएन तर आज एक्कासी उनलाई एस्टोन भिल्लाले आफ्नो क्लब मा अनुबन्ध भएको घोषणा गर्यो ।

सन २०१७ को जनवरी ट्रान्सफरमा १५ मिलियन पाउण्डमा एभर्टन बाट चेल्सी आएका उनी चेल्सीमा पहिलो रोजाइमा पर्न असफल भएका थिए । चेल्सीमा हुँदा उनले धेरै जस्तो समय बेन्च मा बिताउन पर्यो । उनले चेल्सी बाट ५२ लिग खेल खेल्दै ४ गोल मात्र गरेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments