टुचेलको नेतृत्व मा चेल्सी को पहिलो जितमा

इङलिस प्रीमियर लिग मा चेल्सी ले बर्नली लाई २-० गोल अन्तर ले पराजित गरेको छ । चेल्सी को घरेलुु मैदान स्टाम्फोर्ड बृज मा भएको खेलमा चेल्सी लाई जिताउन सिजर एज्पिलीक्वेटा र मार्कोस अलन्सो ले १/१ गोल गरे । ४० औं मिनेटमा कप्तान एज्पिलिक्वेटा को गोल बाट खेल मा अग्रता बनाएको चेल्सी को लागि ८४ मिनेटमा मार्कोस अलोन्सो ले गोल गर्दै जित पक्का गरे । नया प्रशिक्षक थोमस टुचेल आएपछि चेल्सी को यो पहिलो जित हो । यो जित संगै चेल्सी २१ खेल बाट ३३ पोइन्ट को साथ लिग तालिका को छैटौं स्थान मा उक्लन सफल भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments